धरान, २७ पुस । धरान उपमहानगरपालिकामा स्थानीय निकायमा पदपूर्ति गर्ने प्रक्रियालाई मिचेर आफू निकटका र नेताका श्रीमतीलाई जागिर लगाएपछि असन्तुष्टि चुलिएको छ मेयर तारा सुब्बाले बिना प्रतिस्पर्धा एमालेका स्थानीय नेताका श्रीमतीलाई उपमहानगरपालिकामा जागिर खुवाएका छन् कर्मचारी पदपूर्ति गर्नका लागि पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा लिएर उत्कृष्ठलाई नियुक्त गर्न सकिने भए पनि मेयर सुब्बाले निर्वाचनमा आफूलाई जिताउन भूमिका खेल्ने स्थानीय नेताका श्रीमतीलाई जागिर खुवाएर पैंचो तिरेको एमाले वृत्तमै चर्चा चल्न थालेको छ मेयर सुब्बाले एमाले सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्र राईकी श्रीमती विजयकला राई र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौलालाई बिना प्रतिस्पर्धा नियुक्त गरेर १० नम्बर वडामा खटाएका छन् बिना प्रतिस्पर्धा नेताका श्रीमतीलाई जागिर खुवाएको विषयमा सरोकारवालाले विरोध जनाएपछि उपमहानगरपालिकाले भने बोर्ड बैठकको निर्णयअनुसार दुवै जनालाई ६ महिनाका लागि खरिदारर पदमा करारमा नियुक्त गरिएको बताएको छ ।