राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल

काठमाडौं | राजधानीको गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यस हलमा दर्शकहरुले भरपूर मनोरञ्जन लिन सक्नेछन् ।
आईएनआई सिनेमा हलले विभिन्न पक्षमा आधुनिकता समायोजन गरी दर्शकहरुको मन जित्ने प्रयास गरेको छ । यसमा अरुको तुलनामा ठूलो स्क्रीन र आकर्षक पिक्चर क्वालिटी रहेको छ भने विलासितापूर्ण आरामदायी सीटको प्रवन्ध गरिएको छ ।
कर्माचार्य कम्प्लेक्स भित्र रहेको आईएनआई सिनेमा हलमा दुईवटा राम्रा दर्शकदीर्घा छन्, जहाँ एकैपल्ट दुईवटा सिनेमा देखाउन सकिन्छ । दुईवटा दर्शकदीर्घा (अडिटोरियम) मध्ये पहिलोमा १८१ सीट र दोस्रोमा १५४ सीट गरी जम्मा ३३५ सीटको प्रवन्ध गरिएको छ ।
आईएनआईको विशेषता भनेको नेपालमा पहिलोपल्ट जी.डी.सी. सर्वर प्रविधि प्रयोग गरिएको छ, जसले गुणस्तरीय प्रदर्शन गर्ने क्षमता राख्दछ ।
हललाई सम्भावित खतराबाट जोगाई पूर्ण सुरक्षित प्रविधिमा बनाइएको छ र दर्शकहरुका लागि हलभित्र नै विभिन्न प्रकारका धेरैथरि खानेकुराको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?