सुनको मुल्य बृद्धिले बजारमा घट्यो माग, खपत कम हुनाले बैंकलाइ घाटा

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मुल्यमा उतारचढाब आएको छ । विश्वका ठुला अर्थतन्त्र मानिएका मुलुकमा हुने सम्बन्धको उतारचढाबका कारण पनि सुनको मुल्यमा उच्च फेरवदल आइरहेको हो । पछिल्लो समय सुनको मुल्य उच्च भएको छ , सुनको मुल्य बृद्धि भएसँगै बजारमा माग पनि घटेको छ । यसरी बजारमा माग घटेपछि बैंकमा भने सुन थुप्रिन थालेको छ ।

नेपाल राष्ट्र बैंकका पछिल्लो तथ्याङक अनुसार बैंकहरुमा ५३८ किलो सुन स्टक रहेको रहेको छ । सुनको मुल्यमा आएको ठुलो उतारचढावको कारण बैकमा सुन स्टक रहन गएको नेपाल राष्ट्रबैंकका प्रवक्ता लक्ष्मी प्रपन्न न्यौपानेले बताउनुभयो । अघिल्लो वर्षहरुमा चाडवाडको बेला खासगरी तिजमा दैनिक ६० किलो माथि र दशै तिहारको बेलामा ५० केजीसम्म सुन विक्रि हुने गरेकोमा यो वर्ष सुनको कारोबार भारी मात्रामा घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

बैंकहरुले सुनमा लगानी गर्ने गर्दछ । सुनको मुल्यमा अत्याधिक बृद्धि भएको कारण बजारमा माग घट्न गयो । यसरी माग घटेको कारण बजारमा सुन खपत नहुँदा बैंकमा नै स्टक बस्नुपर्ने अवस्था आएको कारण बैंकको लगानी त्यतिकै मात्र रहने गरेको विज्ञहरु बताउँछन् । साथै सुनमा गरिएको लगानीबाट बैंकले मुल्य नपाउँदा कमिसनमा समेत असर परेको विज्ञहरुको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?