१ कार्तिक २०७६, शुक्रबार १४:३४

निशान भट्टराईको ” बरिलै ” मिलियन कल्वमा प्रवेश (भिडियोसहित)


प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार १४:३४

काठमाडौं । हाल अमेरिकामा रहेकी गायिका नविता पौड्यालले केहि दिन अघि सार्वजनिक गरेको म्युजिक भिडियो ” बरिलै ” छोटो समयमै मिलियन कल्वमा प्रवेश गरेको छ । भिडियोले दर्शक श्रोताबाट ५०० बढि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ भने मिडिया हाउसबाट पनि राम्रो साथ पाइरहेको छ ।

नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायनलाई श्रोताले रुचाएका छन् भने टिकटक बाट भाइरल भएका अमर र अमृतलाई समेत दर्शकले मन पराएका छन् ।

” बरिलै ” बोलको यस गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ । दिपक शर्माले गीतको लय संकलन गरेका हुन भने शर्माले नै यस गीतको शब्द लेखेका हुन । उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन ।

भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ भने जुम्ल्याहा दाजुभाई अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
अभि जिसीको गीत ‘जाली माया…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया…’ सार्वजनिक भएको छ ।

भ्वाइस अफ नेपालः बाहिरिइन् शशिका राई

काठमाडौँ । रियालिटी सो भ्वाइस अफ नेपालबाट शनिबार शशिका राई बाहिरिएकी छिन् ।

भ्वाइस अफ नेपालबाट बाहिरिइन् रजनी ऋदम राई, छोरीका लागि गाएकी थिइन् गीत

काठमाडौँ । रियालिटी सो भ्वाइस अफ नेपालबाट शुक्रबार पोखराकी रजनी ऋदम राइ बाहिरिएकी

टेलिश्रृङ्खला सक्किगोनिमा सबैलाई रुवाउने यस्तो विषय, २४ घण्टा नबित्दै ११ लाख भ्युज पायो (भिडियोसहित)

काठमाडौँ । प्रशारण सुरु भएको छोटो समयमै कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे