हाकिमकी श्रीमतीदेखि रासन ओसार्नसम्म सरकारी गाडीको दुरुपयोग

दिनेश खड्काविराटनगर, २७ पुस । कोशी अञ्चल अस्पताल, विराटनगरको स्वामित्वमा रहेको सरकारी गाडि निजी कामकाजमा प्रयोग हुने गरेको पाईएको छ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रोशन पोखरेलले घरायसी कामकाजको लागि अस्पतालको गाडी प्रयोग गर्ने गरेको पाईएको हो बा २ झ २७९० नम्बरको गाडी डा.पोखरेलले छोराछरीलाई विद्यालय पठाउन र श्रीमतीलाई उनको गन्त्वयसम्म पु¥याउन दैनिक रुपमा प्रयोग गर्ने गरेका हुन् डा.पोखरेलले सरकारी नम्बर प्लेटको सो गाडी छोरा छोरीलाई स्कुल र श्रीमतीलाई गन्त्वयसम्म पु¥याउन मात्र होईन घरको दैनिक कामकाजमा पनि प्रयोग गर्ने गरेको स्रोतको दावी छ पोखरेलले घरको रासन ओसार्नदेखि देखि परिवारिक घुमघामको लागि समेत सरकारी गाडि नै प्रयोग गर्ने गरेका छन् । घरायसी कामकाजमा प्रयोग हुने गाडिमा उनले ड्राईभर समेत कोशी अञ्चल अस्पतालकै प्रयोग गर्ने गरेका छन् कोशी अञ्चल अस्पतालमा विरामी ओसार्न एम्बुलेन्सको अभाव भईरहेको अवस्थामा डा.पोखरेलले पद र शक्तिको प्रयोग गरी निजी कामका लागि सरकारी गाडीको प्रयोग गर्ने गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?