आज सुनको मुल्य कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा स्थिरता छाएको छ । विहिबार प्रतितोला सुनको मुल्य ७० हजार ६ सय रहेको थियो । साथै शुक्रबार पनि त्यहि मुल्य अर्थात ७० हजार ६ सय नै कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्यमा भने ५ रूपैयाँले बृद्धि भएको छ । विहिबार प्रतितोला चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । तर आज तोलामा ५ रुपैयाले बृद्धि भइ ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?