सशस्त्रको एपीएफ क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी, २७ पुस । सशत्र प्रहरीको एपीएफ क्लब धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ बुधबार भएको क्वाटरफाईनलमा पहिलो संस्करणको उपविजेता संकटा क्लबलाई २–० ले पाखा लगाउदै एपीएफ गोल्डकपको अन्तिम चारमा पुगेको हो धनगढी रंगशालामा विभागीय टोली एपीएफलाई जिताउन नायक बनेका युवा खेलाडी अन्जन विष्टले दुवै गोल गरे । पहिलो हाफको २३ औं मिनेटमा गोल गर्दै अन्जनले एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए दोस्रो हाफको ८५ औ मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा अन्जन ह्याट्रिक गर्नबाट चुकेका थिए गोल गर्न सुनौलो मौका पाएपनि अन्जनको प्रहार गोलपोष्टको माथिबाट बाहिरीएको थियो । त्यसपछि थप गोल हुन् सकेन र खेल २–० ले जित्दै एपीएफ सेमिफाइनलमा पुग्न सफल भयो म्यान अफ द म्याच भएका अन्जनले नगद १० हजार हात पारे । जितपछि एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो खेलभन्दा सुधारिएको प्रदर्शन गरेकोले सेमिफाईनल पुग्न सफल भएको वताए प्रतियोगिता अन्तर्गत बिहिबार विभागीय टोली नेपाल आर्मी र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुने छ । आर्मी वाई पाएर क्वाटरफाईनल पुगेको हो भने थ्री स्टारले रमपम झापा ११ लाई ३–१ ले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११, उपविजेताले ५ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?