राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ भारत प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भारत प्रस्थान गरेका छन् ।

भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित किरण टिममा सामेल हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । किरणलाई पन्जाबले गत साउनमा अनुबन्ध गरेको थियो ।

फिफा विश्वकप छनोट अन्तर्गत जोर्डनसँगको खेल खेलेर बिहिबार स्वदेश फर्किएका किरण शुक्रबार बिहान त्यसतर्फ लागेका हुन् । अब किरण विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलका लागि मात्र स्वदेश फर्कने छन् ।

भारतको शीर्ष डिभिजन लिग आईलिग क्लब पन्जाबले किरणलाई दोस्रो पटक अनुबन्ध गरेको हो । किरणले सन् २०१७ र १८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । त्यस सिजन पन्जाबले आई लिग जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?