तपाइको लागि कात्तिक महिना कति शुभ कति अशुभ ? हेर्नुहोस्

काठमाडौं । आज मिति २०७६ साल कात्तिक महिनाको १ गते शुक्रबार । तपाइको लागि यो महिना कति शुभ कति अशुभ हेर्नुहोस् मासिक राशिफल ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो महिनामा सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ ठाउँमा रमाईला यात्राहरू हनेछन् । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । धर्म,कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चापनि चल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

वृष राशिका लागि यो महिना मिश्रित रहेको छ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । १६ गतेबाट अधिकार प्राप्तिका लागिसंघर्श गर्नु पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग घ्यूरङ्ग वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

कार्तिक महिनामा जुक्ति बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । आर्थिक पक्ष सबल हँदै विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो महिनामा तपाईंको राशिबाट चौथो भावमा सूर्यले भ्रमण गर्नाले कार्यक्षेत्रमा झिनामसिना व्यवधान आइलाग्न सक्छन् । सामाजिक कार्य गर्दा मान–प्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्यावउनुहोला । भोजन गर्दा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । २० गतेबाट नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । वैदेशिक यात्राको योगपनि छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु सूर्य भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सिंह राशिका लागि यो महिनामा समग्रमा सकारात्मक महिना रहेको छ । नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । सभा–सेमिनारमा सहभागी हुने अवसर प्राप्त होला । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समयपनि रहेको छ । राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् । सेयर कारोबारबाट फाइदा हुनुका साथै रमाईलो यात्रापनि हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग नीलो वा आकासे नीलो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था रहनेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । घर ,जग्गा खरिद तथा बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियॊ वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो महिनामा तपाईंको राशिबाट बारौं भावमा सूर्यले भ्रमण गर्नाले विना कारण परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ । भ्रमण खानपान तथा फेसनमा धन खर्च हुनेछ । महिनाको उत्तरार्धबाट उत्ताउलोपनका समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र सँगीसाथीले राम्रो सहयोग गर्नेछन् । लाभदायक यात्रा रहला । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हल्का पहेंलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जयाय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो महिनामा कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ । काम गर्दा आकस्मिक समस्या आइलागे पनि समस्याको हलसमेत निस्कनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । महिनाको उत्तरार्धबाट योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैंपछि परिनेछ । कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता देखिन्छ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

शैक्षिक, सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिहरूले सफलता प्राप्त गर्नेछन् । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । कहिलेकाहीँ राम्रो गर्दागर्दै र राम्रो बोल्दाबोल्दै पनि अपजस आइलाग्नसक्छ । अचल सम्पत्ती हातपर्ने योगछ । २० गतेबाट समान हराउन सक्छनेछ भने कसैकसैको प्रेम सम्बन्धमा चिसोपनपनि आउनसक्छ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कुम्भ राशिका लागि अनुहारमा कान्ति र मनमा शान्ति छाउला । अचल सम्पत्ती हातपर्ने योगछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउउन सहयोग गर्नेछ । वाहान लाभपनि हुने समय छ । २३ गतेबाट जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका प्रेमी/प्रेमिकाकाबिच खिन्नता बढ्नेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मीन राशिका लागि यो महिनामा तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले कार्यमा ढिलासुस्ती हुनेछ । धन प्राप्तिका निम्ति पेसा व्यवसाय एवं स्थान परिवर्तन हुन सक्छ । महिनाको अन्त्यमा परिवारका सदस्यहरूसहित मांगलिक कार्यमा उपस्थिति भइनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको मध्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीको लागि )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?