आगलागीबाट पाँच लाखको क्षति

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकास्थित बरमझियामा बिहीबार आगलागी हुँदा रु पाँच लाखको क्षति भएको छ । कञ्चनरूप नगरपालिका–२ बरमझियाका भोली साहको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागीबाट सरसामान, अन्नपात, लत्ताकपडा, नगद जिन्सीलगायत जलेर नष्ट भएको छ ।

पटका बरामद दशैँ सकिएर तिहार र छठ पर्व नजिकिँदै गर्दा सप्तरी प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीबाट बिहीबार पटका बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको पटका बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । सो पटका राजविराज भन्सार कार्यालयलाई बुझाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?