‘प्रेम संसार’को ‘सुन सुन चम्पा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘प्रेम संसार’ मा समाबेश ‘सुन सुन चम्पा’ बोलको गीत सार्वजनिक भएको छ । गायक रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेको गीतमा दिग्गज धौरालीका शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

मंसिर १३ बाट प्रदर्शनमा आउँने चलचित्रको गीतको भिडियोमा प्रेम सोनी सुनार, कविता नेपाली लगायतको अभिनयलाई देख्न सकिन्छ । भिडियोमा दिपेन बस्न्यातको सम्पादन तथा राम गौतमको निर्देशन रहेको छ । चलचित्रमा आय्ष्मा कार्की, मोनिका दाहाल लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?