१६ असार २०७९, बिहीवार

आगोले जलेर गम्भीर

२०७४,पुष,२७,बिहीवार ०५:०४

9
Shares

चितवन, २७ पुस – भरतपुरस्थित गौरीगञ्जमा आगोताप्ने क्रममा जलेर एक वृद्धा गम्भीर घाइते भएकी छिन् । स्थानीय ९१ वर्षीया नन्दकुमारी पौडेल आगोले जलेर गम्भीर भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ प्रहरीका अनुसार बुधबार आफ्नै घर अगाडि जाडो छल्न आगो ताप्ने क्रममा पौडेललाई एक्कासि आगो सल्किएको थियो । उनको शरीरका विभिन्न भागमा आगोले जलेको छ । अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ जाडोका कारण स्थानीय चितवनका विभिन्न क्षेत्रको चोक चौतारो र घर आँगनमा आगो बालेर ताप्ने गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले यसरी आगो ताप्दा ज्यान कै जोखिम हुने र आगलागीसमेत हुनसक्ने भएकाले सचेत हुन सबैमा आग्रह गरेका छन कुखुराको खोरमा आगलागीयता चितवनको भरतपुर महानगरपालिका–२० स्थित धननाथ ढकालको कुखुराको खोरमा आज बिहान आगलागी भएको छ आज बिहान ३ः३० बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदै खोरभित्र रहेका ५०० वटा कुखुराका चल्लासहित रु पाँच लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ सो क्रममा कुखुराका चल्ला ५०० वटा, दाना तीन बोरा, तोरी तीन बोरा, राज्मा एक बोरा, काठ तथा खोरलगायत गरेर रु पाँच लाखको क्षति अनुमान गरिएको प्रहरीले जनाएको छ स्थानियको सहयोगमा प्रहरीले रातीनै आगो निभाएको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,पुष,२७,बिहीवार ०५:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ

खोटाङ । साउदी अरेबियामा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् । साउदी

बुटवल । असार १५ सकिँदासम्म लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाईँ भएको छ । यो गत वर्षको भन्दा

पोखरा । जग्गा अधिग्रहण भएको झन्डै ४७ वर्षसम्म अलपत्र परेको पोखरा बसपार्क निर्माण प्रक्रिया अघि बढेको छ । तत्कालै नाला

ताजा समाचार

एनआरटी र कारो एफसी भिड्दै
 २०७९,असार,१६,बिहीवार १२:२९
ओली भेट्न बालकोट पुगे वामदेव
 २०७९,असार,१६,बिहीवार १२:२७
यस्तो छ विदेशी मुद्राको विनिमयदर
 २०७९,असार,१६,बिहीवार १२:२१