एनआइसी एशिया बैंकका अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचारमा छुट

काठमाडौं । एनआइसी एशिया बैंकका अन्तर्राष्ट्रिय भिजा डलर कार्ड प्रयोगकर्ताहरुलाइ उपचारमा छुट दिइएको छ।

थाइल्यान्डको समित भेज हस्पिटलमा उपचार गराउँदा छुट दिइएको हो। साथै बैंकले उपचारसहित विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट समेत दिएको छ।

एनआइसी एशिया बैंकका मुलुकभर ३०१ शाखा कार्यालय, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर साथै ४२ वटा शाखारहित बैंकिङ प्रणालीबाट सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?