बिभिन्न १२ कम्पनीले आईपीओ निष्काशन गर्दै (नामावलीसहित)

काठमाडौं । बिभिन्न १२ वटा कम्पनीले सर्वसाधारणका लागी प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नका गर्ने भएका छन् । प्राथमिक शेयर निष्कासन गर्न ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएका छन् ।

यसरी अनुमति माग्नेमा अधिकांश जलविद्युत् कम्पनीका रहेका छन् । आईपीओ निष्काशनको लागि ९ वटा हाइड्रोपावर, २ वटा अन्य समुह र एक मर्चेन्ट बैंकले अनुमति मागेका हुन् ।

उक्त कम्पनीहरुले ४ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको प्राथमिक शेयर निष्काशनको अनुमति मागेका हुन् ।

आईपीओ निष्काशनको लागि अनुमति माग्ने कम्पनीहरुमध्ये नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता निष्काशनको अनुमति मागेको छ भने सिबिआइएल क्यापिटलले सबैभन्दा कम ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता निष्काशनको अनुमति मागेको छ ।

हाल शेयर बजारमा २० जलविद्युत् कम्पनीहरुको शेयरमूल्य आईपीओको मूल्यभन्दा पनि निकै तल झरिसकेको अवस्था छ । शेयर बजारबाट मुनाफा कमाउने आशामा अंकित मूल्य एक सय रुपैयाँमा नै शेयर खरीद गर्ने लगानीकर्ताले पनि अहिले लगानीको आधासम्म घाटा ब्यहोरेका छन् ।

थप निष्काशन हुने जलविद्युत्का शेयरमा फेरि घाटा खान कसैको पनि चाहना पनि छैन् र त्यस्ता कम्पनीमा लगानी गर्ने सम्भावना पनि देखिँदैन् । अहिले दोस्रो बजारमा राम्रा बैंक तथा अन्य कम्पनीको सेयर २ सय रुपैयाँमा फालाफाल बिक्री भइरहेका छन् । १८८१ अंकमा पुगेको नेप्से अहिले ११३७ अंकमा आइपुगेको छ । यस्तो समयमा राम्रा कम्पनीको शेयर छानेर किन्न सक्ने सम्भावना छ ।

प्राथमिक शेयर निष्काशन गर्नेमा नेपाल बीमा कम्पनी( १,६०,००,०००) , सिंगटी हाइडो इनर्जी (४३,५०,००० ), माउन्टेन इनर्जी (३९,३६,०५४), लिवर्टी इनर्जी (३७,५०,०००), ग्रीनलाइफ हाइडोपावर (३४,९६,४००), एनआरएन इन्फास्टक्चर (३३,९८,०४६ ), सीइडिपी हाइडोपावर( २५,१८,२३०), युनाइटेड,मोदी (१०,५०,०००), मैलुङखोला (७,३६,२८६), शुभम् पावर (५,८०,५८०), इमर्जिड. नेपाल (५,००,०००) , र सिभिल क्यापिट( ३,००,०००)कित्ता  गरी कुल ४,०६,१५,५९६ कित्ता शेयर निष्काशन गर्न लागीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?