कुन बार जन्मेका मानिसको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्

काठमाडौं । मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।
आइतबार
आइतबार रबिवार हो । आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । यी बार जन्मनेहरुका थोरै साथीहरु हुन्छन् । आइतबार जन्मेका व्यक्ति लिडर गर्ने खालका हुन्छन् । यो बार जन्मनेहरू संवेदनशील हुन्छन् जसले गर्दा कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहने खालका हुन्छन् । यो बार चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्र सक्रिय हुन्छन् । अरुलाई सहयोग गर्न सधैँ तत्पर भए पनि चाँडै रिसाउने बानीले गर्दा सहयोग गरेका व्यक्तिहरु त्यति नजिकिदैनन् । यो बार जन्मने व्यक्ति पैसावाल हुन्छन् । यो बार कुनै पनि कुरामा सम्झौता गर्दैनन् । आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् । आइतबार जन्मेका व्यक्तिले सुर्यको पुजा आराधना गर्नु राम्रो मानिन्छ ।

सोमबार
सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । सोमबार जन्मेका व्यक्तिहरु परिपक्क खालका हुन्छन् भने संवेदनशील पनि हुन्छन् यसकार उनीहरु चाडै नर्भस हुने गर्छन् । यी बार जन्मने व्यक्ति मृदुभाषी हुन्छन् । तर यी बार जन्मने व्यक्तिहरु निकै मुडी खालका हुन्छन् । सोमबार जन्मने व्यक्तिहरु आफ्नो परिवारसँग समय बिताउन रमाउने खालका हुन्छन् भने सम्बन्धलाई निकै महत्व राख्ने खालका हुन्छन् ।
यो बार जन्मने मानिसहरु अब्बल हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्ने गर्छन् । सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुन्छन् । यो बार जन्मने व्यक्ति सबैलाई सम्मान गर्ने खालका हुन्छन् तर मुडी स्वभावले कहिलेकाही तनाव पनि दिने गर्छ । सोमबार जन्मेका मानिसहरुले चन्द्रमाको पुजा गर्नु राम्रो मानिन्छ ।

मंगलबार
मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् । यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् । यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार
बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् । यो बार जन्मने व्यक्तिहरु नयाँ–नयाँ कुराहरु जान्न रुचाउँछन् । यो बार जन्मने मानिसहरुको कुरा गर्ने तरिका निकै प्रभावशाली हुन्छ । सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने खालका निकै सफलता हात पार्ने खालका हुन्छन् । यो बार जन्मने व्यक्तिहरु खर्चिलो स्वाभावको हुन्छन् र आफ्नो निर्णय आफैँ गर्ने खालका हुन्छन् । यो बार जन्मनेहरुको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरको निकै हेरबिचार गर्ने खालका हुन्छन् ।
तीब्र बृद्दी हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा सफल देखिन्छन् ।

बिहिबार
बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यो बार जन्मने व्यक्तिले मानिसहरुलाई निकै इज्जत गर्ने खालका त्यसकारण मानिसहरुका लागि आदर्श हुन्छन् । सफा र स्वच्छ बिचारधाराका मालिक भएका यिनीहरुमा भित्र नेतृत्व गर्ने गुण हुन्छ । यो बार जन्मने व्यक्तिहरु निकै मेहनत गर्छन् । यो बार जन्मने मानिहरु स्वतन्त्र रहन चाहन्छन् । यिनीहरु चाँडै नै मानिसहरुलाई विश्वास गर्छन् जसले गर्दा जीवनमा धोका पाउछन् ।
यिनीहरुको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् । बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् । बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

शुक्रबार
शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । यिनीहरु रचनात्मक खालका हुन्छन् । संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुमा आकर्षित हुने यिनीहरु मधुर स्वरमा बोल्ने गर्दछन् । यिनीहरु निकै भावुक हुन्छन् जसका कारण कहिलेकाँही दुखी हुन्छन् ।
यिनीहरु आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ । यिनीहरुको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् । यिनीहरुमा धनको कमी हुँदैन तर त्यसलाई बचत गर्न सक्दैनन् । प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउने यिनीहरु मेहनती र संघर्ष गर्ने खालका हुन्छन् ।

शनिबार
शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । यिनीहरु निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन्। यिनीहरु हाइ क्लास वस्तुहरु मन पराउँछन् । यिनिहरु सफा मनका हुन्छन् तर कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचनामा पनि पर्ने गर्छन् । सम्बन्धलाई निकै महत्वपूर्ण रुपमा लिने यिनीहरु साथीहरुको लागि जे पनि गर्न तयार हुन्छन् । यिनीहरु पैसावाला हुन्छन् र खर्च पनि नगर्ने खालका हुन्छन् । यिनीहरु संगीत र खेलमा रुची राख्छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?