दशैँ लगत्तै घट्यो मासुको मुल्य

काठमाडौं । दशैँ सकिएसँगै मासुको मुल्यपनि घटेको पाइएको छ । दशैँ भन्दा अघिसम्म प्रतिकिलो कुखुराको मासु ३ सय भन्दा बढि रहेको थियो । तर सोमबारबाट प्रतिकिलो २ सय ८० रुपैयाँसम्म बिक्रि भइरहेको व्यवसायीहरु बताउँछन् ।।

यसरी मासुको मुल्य एकैपटक २० रुपैयाँले घट्नुले उपभोक्ताको लागी  राम्रो भएतापनि व्यवसायीको लागी भने असर परेको देखिन्छ ।

दशैँको समयमा काठमाडौंबाट धेरै मानिसहरु बाहिरिएसँगै मासुको खपतमा पनि कमि आएको थियो । त्यसै अनुसार मासुको मुल्यमा पनि कमि आएको व्यवसायी बताउछन् । साथै ज्युँदो कुखुरामा प्रतिकिलोमा ३०-४० रुपैयाँसम्म धाटा खाएर बेच्नुपरेको पनि व्यवसायीहरु गुनासो गर्ने गरेका छन् ।

मासुको मुल्यमा कमि आएपनि दानाको मुल्य झन बढनाले मर्कामा परेको व्यवसायीहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?