एल क्लासिकोमा विबाद : रियलको बर्नवेउमा सार्न प्रस्ताव

काठमाडौं । ला लिगाले अक्टोबर २६ मा हुने एल क्लासिकोको खेल बार्सिलोनाको नाउ क्यापबाट रियल मड्रिडको बर्नवेउ सार्न प्रस्ताव गरेको छ । सर्वसाधारणको अशान्तको डरलाई सम्बोधन गर्दै सिजनको पहिलो एल क्लासिको सार्न ला लिगाले दुवै क्लबलाई प्रस्ताव गरेको हो ।

गत सोमबारमात्र स्वयत्तताको आन्दोलनमा उत्रिएका ९ जना क्याटलानका नेताहरुलाई जेलमा राखिएको छ । ला लिगाले स्पेनिस फुटबल महासंघ र दुवै क्लबलाई सो बिषयमा राय दिन प्रस्ताव गरेको छ ।

सो प्रस्तावलाई बार्सिलोनाले अस्विकार गर्ने बुझिएको छ । उसले ला लिगको प्रस्तावलाई अनावश्यक रहेको बताउने गरेको छ ।

खेलको दिनमा शहरमा अझ बढी प्रर्दशन हुने अनुमान गरिएको छ । ला लिगाले नियन्त्रण बाहिर हुने सक्ने असाधारण परिस्थितीलाई ध्यानमा राखेर सो प्रस्ताव गरिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?