विपक्षीको पन्चबाट अमेरिकन बक्सरको मृत्यु

एजेन्सी । बक्सिङ प्रतिस्पर्धा हुदैँ गर्दा अमेरिकी बक्सर प्याट्रिक डेको निधन भएको छ । अमेरिकाको सिकागो शनिबार अमेरिकन खेलाडी चार्ल्स कोनवेलको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार निधन भएको हो ।

सुपर वेल्टरवेट फाइटको १० औं राउण्डमा प्याट्रिक नकआउट भएका थिए । कोनवेल कडा पन्चले नकआउट भएका उनलाई स्ट्रेचरमा राखेर रिङबाहिर निकालिएको थियो । घाइते भएपछि २७ वर्षे उनलाई तत्काल अस्पताल लगिएको थियो । तर, चार दिनपछि उनको अस्पतालमा निधन भएको हो ।

प्याट्रिकले २२ फाइटमा १७ खेल जितेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?