अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेट

ललितपुर, २७ पुस । ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ने.क.पा. (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेट भएको छ अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान ७.३० बजे प्रचण्ड निवास खुमलटार आउनु भएको थियो । सो क्रममा बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको थियो भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिनुभएको थियो । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसाल बीचको चुनावी तालमेललाई कायमै राखिने बताउनु भएको थियो भेटमा दुवै नेताहरु राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै बामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?