सहकारीद्वारा ज्येष्ठ नागरिक सम्मानित

काठमाडौं । रामपुर बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

संस्थामा आवद्ध रहेका ७५ वर्षमाथिका ज्येष्ठ नागरिलाई संस्थाको १२ अैाँ वार्षिक साधारणसभाको अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले बुधबार उहाँहरुलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्रबाट सम्मान गर्नुभएको हो ।

सम्मानित हुनेहरुमा माधवप्रसाद उपाध्याय, लीलाबहादुर गाहा, टेकबहादुर श्रेष्ठ, रेश्मीराज ढुङ्गाना, लोकबहादुर क्षेत्री, टेकबहादुर श्रेष्ठ, तेजप्रसाद ढकाल, डिलनारायण श्रेष्ठ, देवकला बस्याल, सुकबहादुर कुमाल र देवबहादुर मल्ललाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्रले सम्मान गरेको छ ।

त्यस्तै उत्कृष्ट बाल बचततर्फ जङ्सङ थापा, वर्षा अधिकारी, असल ऋणीतर्फ दिलकुमारी पुलामी, देवराज पङ्गेनी तथा नियमित असल बचतकर्ता खेमकुमारी सारुमगर, श्रीकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

सो अवसरमा प्रदेशसभा सदस्य खनालले ज्येष्ठ नागरिक समाजका अग्रणी व्यक्तित्व भएकाले उहाँहरुको आशीर्वाद लिएर सामाजिक क्षेत्रमा काम गर्ने प्रेरणा मिलेको बताउँदै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा जोड दिनुपर्छ भन्नुभयो ।

पर्याप्त उत्पादन नगरेसम्म गाउँ समृद्ध नहुने हँुदा नाफामुखी नभएर उत्पादनमुखी काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सहकारीले जनताको आयस्तर बढाउने खालका काम गर्नुपर्ने बताउँदै रामपुर नगरपालिकाले नगरको पूर्वाधार विकासमा जोड दिएको जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले असार मसान्तसम्म तीन हजार ८९६ शेयर सदस्यसँग  ३७ करोड २३ लाखको पूँजीसहित आफ्ना कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सहकारीले रामपुर नगरपालिकाका १० वटै वडा, निस्दी गाउँपालिकाको वडा नं १, २, ३ , ४ र ५ र पूर्वखोला गाउँपालिकाको वडा नं १ मा सेवा दिँदै आएको छ । विसं २०६५ मा चन्द्रज्योति बचत तथा ऋण सहकारी संस्था र रामपुर बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भई यो पूर्वी पाल्पालाई कार्यथलो बनाएर काम गर्दै आइरहेको छ ।

विद्यालयको नयाँ भवन निर्माण शुरु

पाल्पा रामपुर नगरपालिका–४ स्थित सीताराम माध्यमिक विद्यालयको नयाँ भवन निर्माणकार्य शुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइको रु ७० लाखको सहयोगमा चारकोठे नयाँ भवन बनाउन थालिएको हो ।

आउँदो माघसम्ममा निर्माणकार्य सम्पन्न गरी कक्षा सञ्चालन गर्ने प्रधानाध्यापक विश्वनाथ भट्टराईले बताउनुभयो । यसैगरी १४ लाखको लागतमा तीनकोठे शौचालय भवन निर्माण हुँदैछ । यस विद्यालयमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन भइरहेको छ । हाल विद्यालयमा ४०७ विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?