चिनियाँ राष्ट्रपति सीको भ्रमणमा तिनकुनेमा रोपिएको दुबो चोरी

काठमाडौं । असोज २५ गते चिनियाँ राष्ट्रपति सी जिङ पिङको राजकिय भ्रमणको समयमा काठमाडौंलाई झकिझकाउ पारिएको थियो ।

यसैक्रममा तिनकुनेमा दबो रोपिएको थियो । तर अहिले त्यो दुवो चोरी भएको छ ।

केही ठाउँमा राखिएका दुबोका चपरी हराएको काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुबो हराउन थालेपछि महानगरपालिकाले सशस्त्र प्रहरीलाई सुरक्षा तथा रेखदेखका लागि अनुरोध समेत गरेको छ ।

सी नेपाल आउँदा तीनकुने पार्कमा तीनतर्फ डिल बनाएर त्यसमाथि फूल, विरुवा र दुबो रोपिएको थियो ।

त्यहाँ रोपिएको दुबो र विरुवालाई मर्न नदिन दैनिक दुई पटक विहान र बेलुका पानी हाल्ने गरिएको महानगरपालिकाले जनाएको छ । अब तीनकुने पार्कभित्र पनि व्यवस्थित पार्क बनाउने योजना महानगरको छ ।

साथै दुबो र रोपिएका विरुवा सशस्त्र प्रहरीलाइ सुरक्षाको लागी जिम्मा दिइएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?