यी हुन् फेरिएका गाउँपालिका र नगरपालिकाका नाम

काठमाडौं, २७ पुस- सात सय ५३ स्थानीय तहमध्ये ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ राजधानी दैनिकलेख्छ – २३ स्थानीय तहको केन्द्र र ९ स्थानीय तहको नाम परिवर्तन गरिएको छ भने १४ वटा स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ ।गाउँ तथा नगरसभाको सिफारिसकै आधारमा सरकारले गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको हो ताप्लेजुङको याङवरक गाउँपालिकाको नाम परिवर्तन गरी ‘पाथीभरा याङवरक गाउँपालिका’ बनाइएको छ । इलामको सन्दकपुर गाउँपालिकाको केन्द्र परिवर्तन गरिएको छ । यस गाउँपालिकाको केन्द्र साविक माईपोखरी गाविसको कार्यालयमा रहेकामा परिवर्तन गरी वडा नम्बर ३ माबुमोड देउरालीलाई केन्द्र कायम गरिएको छ धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाको नाम परिवर्तन गरी ‘सहीदभूमि गाउँपालिका’ बनाइएको छ सुनसरीको हरिनगरा गाउँपालिकाको नाम ‘हरिनगर गाउँपालिका’ कायम गरिएको छ । सुनसरीकै भोक्राहा गाउँपालिकाको भने नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । यस गाउँपालिकाको नाम ‘भोक्राहा नरसिंह गाउँपालिका’ राखिएको छ भने केन्द्र चिरौली चोकलाई तोकिएको छ सोलुखुम्बुको दुधकौशीकाा गाउँपालिकालाई ‘थुलुङ दुधकोशी गाउँपालिका’ बनाइएको छ यसैगरी खोटाङको लामिडाँडा गाउँपालिकाको नाम र केन्द्र दुवै हेरफेर गरिएको छ । नाम ‘रावाबेसी गाउँपालिका’ राखिएको छ भने केन्द्र वडा नम्बर १ कुभिण्डेलाई तोकिएको छ । यसअघि खार्पालाई केन्द्र तोकिएको थियो खोटाङकै साकेला गाउँपालिकाको केन्द्र साविकको मात्तिम रहेकामा परिवर्तन गरी मानेभञ्ज्याङ कायम गरिएको छ । खोटाङको वराहपोखरी गाउँपालिकाको केन्द्र पनि परिवर्तन गरी बाघखोर भञ्ज्याङ कायम गरिएको छ । दोलखाको बैतेश्वर गाउँपालिकाको केन्द्र परिवर्तन गरी पाँडुडाँडा कायम गरिएको छ रामेछापको लिखु गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘लिखु तामाकोशी गाउँपालिका’ र केन्द्र मानेभञ्ज्याङ तोकिएको छ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको केन्द्र परिवर्तन गरी वडा नम्बर ८ बाहुन ढोडेनी कायम गरिएको छ काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिकाको केन्द्र परिवर्तन गरी क्रमशः ढाँडखर्क भञ्ज्याङ र देवीटार कायम गरिएको छ । यसैगरी मकवानपुरको वागमती गाउँपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाको केन्द्र परिवर्तन गरी क्रमशः झुरझरे, हात्तिसुढे र रजैया कायम गरिएको छ चितवनको इच्छाकामना गाउँपालिकाको केन्द्र कुरिनटार तोकिएको छ । धादिङको नेत्रावती गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘नेत्रावती डबजोङ गाउँपालिका’ र केन्द्र सेमजोङलाई तोकिएको छ नुवाकोटको मेघाङ गाउँपालिकाको नाम र केन्द्र दुवै हेरफेर गरी ‘म्यागङ गाउँपालिका’ र केन्द्र मानेब्ले कायम गरिएको छ । रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘आमाछोदिङमो गाउँपालिका’ र केन्द्र गोल्जुङबेसी तोकिएको छ मनाङको नाशोङ गाउँपालिकाको नाम ‘नासोँ गाउँपालिका’ कायम गरिएको छ । मनाङकै नेस्याङ गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘मनाङ डिस्याङ गाउँपालिका’ र केन्द्र हुम्डे तोकिएको छ । मनाङको नारफू गाउँपालिाको पनि नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘नार्पा भूमि गाउँपालिका’ र केन्द्र च्याँखु तोकिएको छ मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका र दालोमे गाउँपालिकाको नाम परिवर्तन गरी ‘वरागुङ मुक्तिक्षेत्र गाउँपालिका’ र ‘लो–घेकर दामोदरकुण्ड गाउँपालिका’ बनाइएको छ म्याग्दीको रघुङगा गाउँपालिका, धवलागिरी गाउँपालिका र अन्नपुर्ण गाउँपालिकाको केन्द्र परिवर्तन गरी क्रमशः मौवाफाँट, सातमुले र पोखरेबगर कायम गरिएको छ । गोरखाको सुलिकोट गाउँपालिकाको नाम हेरफेर गरी ‘बारपाक सुलिकोट गाउँपालिका’ बनाइएको छ भने भिमसेन गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘भिमसेनथापा गाउँपालिका’ र केन्द्र घ्याम्पेसाल कायम गरिएको छ तनहुँको घिरिङ गाउँपालिकाको केन्द्र पोखरीछाप कायम गरिएको छ । यसअघि जगरकोटलाई केन्द्र बनाइएको थियो । स्याङजाको गल्याङ नगरपालिकाको केन्द्र परिवर्तन गरी गल्याङ बजार कायम गरिएको छ रोल्पाको दुईखोली गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरिएको छ । नाम ‘परिवर्तन गाउँपालिका’ र केन्द्र पुत्लाचौर राखिएको छ । यसअघि केन्द्र राङकोट रहेको थियो ।सल्यानको कुमाखमालिका गाउँपालिकाको पनि नाम र केन्द्र दुवै हेरफेर गरिएको छ । नाम ‘कुमाख गाउँपालिका’ र केन्द्र रागेचौरदेखि त्रिवेणीको बिचमा तोकिएको छ सल्यानको ढोरचौर गाउँपालिकाको पनि नाम र केन्द्र परिवर्तन गरी नाम ‘सिद्ध कुमाख गाउँपालिका’ र केन्द्र ढोरचौर तोकिएको छ । सल्यानकै दार्मा गाउँपालिकाको भने केन्द्र परिवर्तन गरी फारुलाचौर राखिएको छ रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गरी सिमुतु खारानेटा तोकिएको छ । जाजरकोटको कुशे गाउँपालिकाको केन्द्र बाटुल्ले रहेकामा परिवर्तन गरी थर्पु भार्मा तोकिएको छ । जाजरकोटकै त्रिवेणी नलगाड नगरपालिकाको भने नाम र केन्द्र दुवै हेरफेर गरिएको छ । नाम ‘नलगाड नगरपालिका’ र केन्द्र दल्ली तोकिएको छ डोल्पाको मुड्केचुला गाउँपालिका र हुम्लाको नम्खा गाउँपालिकाको केन्द्र परिवर्तन गरी क्रमशः इलनिलदह र याङल्वाङ राखिएको छ । बाजुराको हिमाली गाउँपालिकाको केन्द्र परिवर्तन गरी धुलाचौर राखिएको छ । बाजुराकै पाण्डवगुफा गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘जगन्नाथ गाउँपालिका’ र केन्द्र जुड्डी बाजुरा तोकिएको छ बझाङको काँडा गाउँपालिकाको नाम परिवर्तन गरी ‘सालपा गाउँपालिका’ कायम गरिएको छ । दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडा रहेकामा परिवर्तन गरी होपरीगाड तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?