ग्यास्ट्रिकको औषधी सेवन गर्दै हुनुहुन्छ ? सचेत रहनुहोस क्यान्सर हुन सक्छ

काठमाडौं । औषधि वयवस्था विभाग (डीडीए)ले उत्पादन र पैठारीकर्तालाई ग्यास्ट्रिकमा उपभोग गरिने ‘रेनिटिडिन’ औषधिमा हालै देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना देखिएको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो औषधिले पेटमा एसिड उत्पादनमा कमी ल्याउँछ । यसको उपयोग सामान्यरुपमा ‘गास्ट्रोओसोफेगल रिफ्लक्स’लगायत अन्य समस्यामा गरिन्छ ।

डीडीएका अनुसार अन्य मुलुकमा केही ‘रेनिटिडिन’मा ‘नाइट्रोसमिन इम्प्युरिटी’ र ‘नाइट्रोसोडिमिथाइलमाइन’ धैरै मात्रमा रहेको र उक्त अशुद्धतालाई ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले मानिसमा क्यान्सर गराउन सक्ने भनी वर्गीकरण गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?