काठमाडौँ, २७ पुस- बालिकामाथि यौन दुराचार गरेको अभियोगमा प्रहरीले नेपाली सेनाका एक मेजरमाथि अनुसन्धान अघि बढाएको छ । मेजर प्रभवविक्रम शाहलाई प्रहरीले पक्राउ गरी गत साता सेनालाई बुझाएको थियो सैनिक ऐनअनुसार प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न नमिल्ने भएकाले सेनालाई बुझाइएको हो । ‘मेजर शाह सैनिक प्रहरीको हिरासतमा छन्, उनीमाथि प्रहरीले छानबिन गरिरहेको छ’ सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले नयाँ भने महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवि पौडेलका अनुसार बालिकामाथि अप्राकृतिक यौन गतिविधि गरेको भन्दै पीडित परिवारले प्रहरीसमक्ष उजुरी दिएका थिए । शाहमाथि अनुसन्धान जारी रहेको डिएसपी पौडेलले जानकारी दिए । मेजर शाह २३ नम्बर बाहिनी बाग्लुङमा कार्यरत छन्, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया