एकल संक्रमणीय सिक्दै आयोग

काठमाडौं, २७ पुस- निर्वाचन आयोगमा बुधबार अपराह्न मतगणना भइरहेको थियो। मेञ्चमा मत गणना गर्नेहरू थिए भने त्यसको ठीक तल उम्मेदवारहरू लहरै कुर्सीमा बसेर कागजमा आफू र आफ्ना प्रतिस्पर्धीले पाएको मत टिपिरहेका थिए। टेबलमा दुई रङका मतपेटिका थिए। लहरै प्रदेशअनुसारका उम्मेदवार पनिजितिन्छ कि हारिन्छ ? मतगणनास्थलमा उम्मेदवारहरू उत्सकुताका साथ बसिरहेका थिए। गणनास्थलमै तत्काल प्राप्त मत कोटाभन्दा थोरै पाए पनि मत संक्रमण गर्दा उम्मेदवार विजयी भए। बराबर मत पाएकालाई तत्कालै गाई र त्रिशूल विधि (गोला) विधिबाट निर्वाचित घोषणा गरियो। विजयीलाई बधाई पनि ज्ञापन गरियो। बन्द कोठाभित्रै तात्तातै जनमत बुझ्ने कामप्रति सबैको उस्तै उत्साह देखिन्थो, अन्नपूर्ण पोस्टमा खबर छ स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि पनि आयोगमा तीन दिनयता यसरी मतणना भइरहेको छ। एकल संक्रमणीय विधिबाट मतगणना कसरी गर्ने भन्नेबारे कर्मचारीलाई ज्ञान दिन आयोगमा भइरहेको तालिम रोचक थियो। मतदाता र गणक गरी दुई दर्जन कर्मचारीलाई यस्तो विधिको बारेमा आयोगका विज्ञ देवेन्द्रलाल काररञ्जितले तीन दिनयता सिकाइहेका छन्एकल संक्रमणीय प्रणालीमा कसरी मत हालिन्छ र कसरी गणना गरिन्छ भन्नेबारे धेरै अनविज्ञ छन्। त्यही कारण पनि अगामी माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले एकल संक्रमणीय विधिबाट निर्वाचन गराएरै गणना विधिबारे बुझाउने काम गरिरहेको प्रवक्ता नवराज ढकालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?