राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशका यी स्थानमा मतदान केन्द्र

काठमाडौँ, २७ पुस- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने निर्णय गरेको छ । आयोगको उक्त निर्णयसँगै राष्ट्रिय सभा सदस्यको चुनाव अब प्रदेशगत रूपमा सात स्थानमा हुने भएको छ आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचन कार्यक्रम ल्याउनुका साथै निर्वाचन अधिकृत तोक्ने र कार्यालय खोल्ने निर्णयसमेत गरेको छ सरकारले प्रदेशहरूको अस्थायी केन्द्र तोक्न नसकिरहेका बेला आयोगले भने निर्वाचन अधिकृतको कार्यालय पुस २९ देखि प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को पाटन, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, तुलसीपुर, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा खोल्ने निर्णय गरेको हो । त्यहीअनुसार प्रत्येक प्रदेशमा आयोगले मतदान केन्द्रतोकेको छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?