यसरी ल्याए सुमार्गीले ‘अवैध धन’

काठमाडौँ, २७ पुस- सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका अजेयराज सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याएका छन् । उनले करिब ९ अर्ब रुपैयाँ नेपालका कुनै पनि निकायबाट अनुमति नलिईकन राजनीतिक पहुँचका बलमा भित्र्याइसकेका छन् । उक्त रकम अवैध भन्ने प्रारम्भिक पुष्टि भए पनि चौतर्फी दबाबका कारण थप छानबिन प्रक्रिया शिथिल बन्दै गएको छ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार उनले साइप्रसको एयरवेल सर्भिसेज प्रालिका नामबाट मात्र ९ पटक र अर्को टिपोलोजिया लिमिटेडबाट एकपटक बिनास्वीकृति रकम भित्र्याएका हुन् । सबैभन्दा बढी रकम ट्याक्स हेवन (कर र स्रोत खोजी नहुने) मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सका कम्पनीबाट ल्याएका छन् अध्ययन प्रतिवेदनअनुसार उनले साइप्रसबाट ६ करोड ४८ लाख ५६ हजार ६ सय २३ अमेरिकी डलर (हालको मूल्यअनुसार करिब ६ अर्ब ६३ करोड ९ लाख ४१ हजार १ सय ३५ रुपैयाँ) भित्र्याएका हुन् । प्रतिवेदनअनुसार ब्रिटिस भर्जिन आइल्यान्ड्सको जोधार इन्भेस्टमेन्ट प्रालि, डिलोर भेन्चर प्रालि र नोस्टल बिजनेस कर्पोरेसनबाट रकम भित्र्याएको देखिन्छ । यी तीन कम्पनीबाट मात्रै उनले ५ करोड ४ लाख ७२ हजार ५२ अमेरिकी डलर (५ अर्ब १५ करोड २९ लाख १ हजार ३ सय ७७ रुपैयाँ) रकम भित्र्याएका छन्  बाँकी रकम भने इजिप्टको ओरासकम टेलिकम, बेलारुसको मारिया युकी अब्दो र सुमार्गी आफैंले नेपालको बैंक खातामा जम्मा गरेको देखिन्छ । हालसम्म उनले ११ करोड ८० लाख १६ हजार ३ सय ७५ अमेरिकी डलर (१२ अर्ब ६ करोड ५९ लाख ९४ हजार २ सय ६६ रुपैयाँ) र ३ लाख ८० हजार ब्रिटिस पाउन्ड (५ करोड २५ लाख ९२ हजार रुपैयाँ) भित्र्याइसकेका छन् । जुन हालको विनिमय दरअनुसार १२ अर्ब ११ करोड ८५ लाख ८६ हजार २ सय ६६ नेपाली रुपैयाँ हुन आउँछ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?