अब के हुन्छ प्रधानन्यायाधीशको पद ?

काठमाडौँ, २७ पुस- नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध बयानका क्रममा लगाएका ११ आरोपमध्ये दुइटामाथि छानबिन गर्न सर्वाेच्च अदालतले आदेश गरेसँगै न्यायालयमा प्रश्न खडा भएको छ, ‘अब पराजुलीको पद के हुन्छ ?’कानुनविद्हरू भन्छन्, ‘अदालतले पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र र दुई थरी नागरिकताको प्रतिलिपि तथा डा. शशी शर्माका सम्बन्धमा उनले गरेको फैसला इजलासमा झिकाउने आदेश गरेसँगै प्रधानन्यायाधीशका रूपमा सर्वाेच्चमा रहिरहन पराजुलीलाई नैतिक र कानुनी संकट आइलागेको छ ‘प्रधानन्यायाधीशमाथि सर्वाेच्चले छानबिन गरिरहेको अवस्था छ, यो प्रकरणको निरूपण नहुन्जेल उहाँको योग्यतामा उठेका प्रश्न मुद्दाकै मुख्य अंग भइसकेका छन्,’ पूर्वकानुनमन्त्री अग्नि खरेल भन्छन्, ‘यस्तोमा प्रधानन्यायाधीशका रूपमा अदालतमा आइरहन उहाँलाई विविध बाधा छन्, त्यसैले उहाँले राजीनामा गर्नु नै राम्रो हो ।’ वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले अदालतको यो आदेशले प्रधानन्यायाधीश छानबिनको घेरामा परेको भन्दै कानुनभन्दा माथि कोही छैन भन्ने सिद्धान्त लागू भएको बताए ‘कानुनभन्दा माथि कोही छैन, चाहे प्रधानन्यायाधीश होस्, चाहे कुनै सामाजिक सुधारक,’ पराजुली र केसी दुवैलाई लक्षित गर्दै उनले भने, ‘अभियोग पुष्टि भए पराजुली दण्डित हुनेछन् भने पुष्टि नभए निराधार अभियोग लगाएकामा केसी दण्डित हुनेछन्, कानुनी सिद्धान्त यही हो ।’पराजुलीमाथि अदालतले नै छानबिन गर्न लागेकाले त्यसको स्वच्छता र स्वतन्त्रताको सुनिश्चितताको सिद्धान्तले पनि उनी पदमा बसिरहन नमिल्नेकानुनविद्हरूको निष्कर्ष छ, कान्तिपुरले खबर छापेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?