सत्तारुढ नेकपाको चियापान, हेर्नुहोस १७ फोटोमा

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार चियापान कार्यक्रम भइरहेको छ । बडादसैं, तिहार, छठ पर्वका अवसरमा नेकपाले चियापानको आयोजना गरेको हो ।

कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पोखरेल, नारायकाजी श्रेष्ठलगायतका नेताहरु उपस्थित हुनुभएको छ ।

चियापानका लागि अपर्ण ब्यांकेटले खास्टाकचौरी, निम्की, लड्डु, केरा र चियाको व्यवस्था गरेको छ । ३५ हजार हाराहारीलाई पुग्ने गरी चियापानको तयारी गरिएको हो । १ सय २० जना कर्मचारी ब्यांकेटले खटाएको छ ।

हेर्नुहोस लोकपथको लेन्सबाट सत्तारुढ नेकपाको चियापानमा जे देखियो : 

तस्वीर: बिप्लव जमकटेल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?