१६ असार २०७९, बिहीवार

पृथ्वीजयन्तीमा भोलि सार्वजनिक बिदा नदिन माग

२०७४,पुष,२६,बुधबार १६:२८

0
Shares

काठमाडौँ, २७ पुस – नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही भोलि राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी सरकारले गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ महासंघका अध्यक्ष जगतबहादुर बरामले आज एक विज्ञप्ति जारी गरी बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्थताबमोजिम परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा आमजनताको चाहना र भावनालाई चोट पुग्ने गरी षडयन्त्रपूर्ण ढंगले एकल जाति÷नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व झन् भन्दा झन् स्थापित गराउने गरी एकल जातिवादी र नश्लवादी राज्यको पक्षपोषणमा नेपाल सरकार र यसका संयन्त्रहरु पछिल्ला दिनहरुमा क्रमशः अघि बढिरहेको यस निर्णयले थप पुष्टि गरेको महासंघको ठहर रहेको जनाएका छन् आम आदिवासी जनजातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक हकअधिकार, मूल्य र मान्यतालाई बलात् गर्दै आन्तरिक औपनिवेशीकरणको शैलीमा राज्य विस्तार गर्ने व्यक्तिको जन्मदिनमा दिइएको सार्वजनिक विदा अविलम्ब फिर्ता लिन पनि महमसंघले माग गरेको छ ।

प्रकाशित मिति: २०७४,पुष,२६,बुधबार १६:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गोरखा । गोरखा बजार आसपासमा दर्जनौँ फार्मेसीहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन् । मापदण्ड विपरीत चलिरहेका फार्मेसीहरूमा फार्मेसिष्ट हुँदैनन्, चिकित्सकको

जनकपुर । पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ

भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम

ताजा समाचार

एनआरटी र कारो एफसी भिड्दै
 २०७९,असार,१६,बिहीवार १२:२९
ओली भेट्न बालकोट पुगे वामदेव
 २०७९,असार,१६,बिहीवार १२:२७
यस्तो छ विदेशी मुद्राको विनिमयदर
 २०७९,असार,१६,बिहीवार १२:२१
लुम्बिनीमा ३३ प्रतिशत मात्र धान रोपाईं
 २०७९,असार,१६,बिहीवार १२:१४
पोखरा बसपार्क निर्माण प्रक्रिया सुरु
 २०७९,असार,१६,बिहीवार १२:०६