२९ आश्विन २०७६, बुधबार ११:१५

विश्वव्यापी आर्थिक वृद्धिदर तीन प्रतिशत हुने आइएमएफको प्रक्षेपण


प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार ११:१५

काठमाडौं । वित्तीय सङ्कटका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले मङ्गलबार गरेको छ ।

निरन्तरको व्यापार विवादले गर्दा व्यवसायिक विश्वास र लगानीमा कटौति आउँदा विश्वव्यापी वित्तीय सङ्कटको अवस्था देखिएकाले सन् २०१९ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशत रहने कोषले बताएको छ ।

मुद्रा कोषले सन् २०२० का लागि विश्वको आर्थिक वृद्धिदर ३.४ प्रतिशत कायम रहने अनुमान गरेको थियो तर कोषको ‘वर्ड इकोनोमिक आउटलुक’को मङ्गलबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा यो दर तीन प्रतिशत रहने बताइएको छ ।

प्रतिवेदनले विश्वको अर्थतन्त्रमा क्रमशः एकरूपमा कमी आएको र सुधारको अनिश्चितता रहेको चेतावनी दिएको छ ।

कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले भन्नुभयो, “विश्वव्यापी नतिजा जोखिमपूर्ण रहेको र यसमा नीतिगत कमजोरीहरू नभएको देखिएको छ ।”

कोषले सन् २०१९ मा अमेरिकाको आर्थिक वृद्धिदर २.४ रहने बताएको छ । यो प्रक्षेपण जुलाईमा गरिएको अनुमानको दुई दशांशले कमी भएको जनाएको छ ।

व्यापार तनावले आर्थिक वृद्धिदरमा आएको न्यूनताका कारण अमेरिकी कुल ग्राहस्थ उत्पादन २.१ प्रतिशतमा विस्तार हने पनि कोषले बताएको छ ।

अमेरिकाका लागि व्यापारसम्वद्ध अनिश्चितताले गर्दा लगानीमा नकारात्मक प्रभाव छोडेको तर रोजगारी र उपभोग भने मजबुत रहने कोषका प्रमुख अर्थशास्त्री गोपीनाथले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
जापानमा महिलाहरूलाई चस्मा लगाउन “प्रतिबन्ध” !

काठमाडौँ । जापानमा महिलाहरूलाई काम जाँदा चस्मा लगाउन “प्रतिबन्ध” लगाइएको छ । कम्पनीहरूले

घट्यो सुन तथा चाँदीको मुल्य, कति पुग्यो ?

कठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मुल्य घटेको छ । विहिबार प्रतितोला

विभिन्न १२ वाणिज्य बैंकहरुको सम्पती विवरण सार्वजनिक, कस्को नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बिभिन्न १२ वटा वाणिज्य बैंकहरुले आफ्नो

१६ लाख राजश्व सङ्कलन

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा १६ लाख ६१