हिरोको २०० सिसी एडभेञ्चर मोटरसाइकल ‘एक्सपल्स २००’ सार्वजनिक

काठमाडौं । नेपालमा हिरोले प्रिमियम मोटर साइकल –एक्स्पल्स २०० एक कार्यक्रम बिच सार्वजनिक भएको छ । नेपालका लागी हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले सार्वजनिक गरेको हो ।

हिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २०० को मुल्य रु.३ लाख ८५ हजार कायम गरिएको छ। एक्स्पल्स २०० मोटर साइकल देशभर रहेका नेपाल जेनरल मार्केटिङबाट सम्पूर्ण डिलरहरुमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

एक्सपल्स २०० बिक्री शुरु गरेको मात्र केही महिनाको अवधिमा नै यो भारतमा उच्च बिक्री हुने एडभेञ्चर बाइक बनिसकेको कम्पनीले बताएको छ।

यस अघि सार्वजनिक भएका दुई मोटरसाइकल एक्सपल्स २०० एस र एक्सपल्स २०० टि नयाँ प्रिमियम समुहका मोटरसाइकलहरुका साथ हिरो मोटरकर्पले नेपालमा प्रिमियम मोटरसाइकलको वर्गमा आफ्नो उपस्थिति बलियो हुने अपेक्षा गरेको छ।

चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी ४ विविध रङ्गहरुमा उपलब्ध हुने मोटरसाइकल टाढाको यात्राको लागी सहज र आरामदायी हुने कम्पनीको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?