श्रीमतीको हत्या आरोपमा पक्राउ

झापा, २६ पुस – श्रीमती शान्ति टुडुको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् बिर्तामोड नगरपालिका–९ का देवान टुडुलाई पक्राउ गरेको छ पुस २२ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा टुडुलाई मंगलबार सैनिकमोडबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ पक्राउ परेका टुडूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?