२४ माघ २०७९, मंगलवार

दशैं तिहारका लागि सुपथ मूल्य पसल सञ्चालन

२०७४,भाद्र,२८,बुधबार १०:१६

0
Shares

विराटनगर, २८ भदौ ।दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।चिनीमा प्रतिकिलो रु पाँच र नूनमा प्रतिकिलो रु दुई घटाएर ग्राहकलाई उपलब्ध गराउने कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए ।विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो रु १८ मा बिक्री वितरण भइरहेको छ । बजारमा चिनीको मूल्य प्रतिकिलो रु ८२ तथा नूनको मूल्य रु २५ पर्छ । ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ ।भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट आज मध्याह्न सम्ममा रु १४ हजार ४१६ मूल्य बराबरको १८६ किलो चिनी र रु १० हजार ४५८ मूल्य बराबरको ५८१ किलो नून बिक्री भएको हो । सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ ।

प्रकाशित मिति: २०७४,भाद्र,२८,बुधबार १०:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्यसहित ‘पश्‍मिना क्षेत्र निर्यात राष्ट्रिय

काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने पेट्रोलियम

काठमाडौं । नेपालमा पछिल्लो समय कुल बस्तु आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान

ताजा समाचार

कलाकार पदमप्रसाद पौडेलको निधन
 २०७९,माघ,२४,मंगलवार १७:२८