‘छ माया छपक्कै’ को कमाइ, चार दिनमा पाँच करोड

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’ले चार दिनमा पाँच करोड कलेक्सन गरेको छ । असोज २४ गते रिलिज भएको चलचित्रले सोमबारसम्म पाँच करोड कलेक्सन गरेको हो जनाईएको छ ।

काठमाडौं भित्र र बाहिरको बक्स अफिस कलेक्सन बराबारी रहेको चलचित्र वितरकको भनाइ छ । कलाकार दीपकराज गिरीले दर्शकहरुको प्रतिक्रिया तथा बक्स अफिस रिपोर्ट हेर्दा आफ्ना सबै रेकर्ड तोड्ने विश्वास लिएको बताउनुभयो ।

दीपेन्द्र लामाको निर्देशन तथा कथा रहेको चलचित्रमा पटकथा दीपकराज गिरीले लेख्नुभएको हो । दीपकसँगै चलचित्रमा केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुस्पा भट्ट मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?