भीरबाट लडेर मृत्यु

सोलुखुम्बु । जिल्ला जिल्लाकाे खुम्बु पासङल्हामु गाउँपालीका १ बुक्सामा भीरबाट लडेर एक जनाको मृत्यु भएकाे छ। मंगलबार अपराहन्न घाँस काट्न जाने क्रममा माप्यदुधकोशी गाउँपालीका १ जुभिङका १९ वर्षीया अरुणा राईको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुबाट प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा टोली खटिएको छ। घटनाको विषयमा विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्लाका प्रहरी प्रमुख डिएसपी नारयणप्रसाद चिमाैरियाले जानकारी  दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?