हरेक विषयलाई राजनीतिक चस्माले नहेर्न कलाकार गिरीको आग्रह

काठमाडौं । चलचित्र छ माया छपक्कै असोज २४ गतेबाट प्रदर्शनमा छ । प्रेम, पानी र राजनीतिमा केन्द्रीत रहेको चलचित्रले अहिले निकै राम्रो प्रतिक्रिया पाईरहेको छ । तर केहि प्रतिक्रियाबारे कलाकार दीपकराज गिरीले हरेक कुरालाई राजनीतिक चस्माले हेरेर विश्लेषण नगर्न आग्रह गर्नुभएको छ ।

चलचित्रलाई कम्युनिष्ट विरोधी भन्ने आरोप लागेपछि कलाकार गिरीले हरेक कुरालाई राजनीतिसँग जोडेर नहेर्न आग्रह गर्दै आफ्नो फेसबुकमा स्टाटस लेख्नुभएको छ ।

केहीले कम्युनिष्ट बिरोधी, केहीले कांग्रेसलाई ‘माइनस’ गरेको र केहीले ज्ञानेन्द्र शाहीको ‘लाइन’मा हिँडेको आरोप लगाइएको भन्दै उहाँले आफ्नो फेसबुक पेजमा “हाम्रो मस्तिष्क कतिसम्म राजनीतिक प्रदूषणले ग्रसित भैसकेछ हरेक कुरा राजनीतिक चश्मा ले मात्रै हेर्छौं हामी ।”

उहाँको स्टाटस जस्ताको त्यस्तै

आज म लेखेदैछू ….
चलचित्र “ छ माया छपक्कै “ हेरे पछि केहि साथिहरूले यस्लाइ पनि राजनीतिक चश्माले हेरेर बिश्लेषण गरेको पॉए…केहि साथिले “ यो त कम्यूनिस्ट बिरोघी चलचित्र पो रहेछ “भनेर आरोप लगाउदै आफ्नो फ़ेसबुक वाल सजाएको पॉए …..
अस्ति अर्को एक साथिले “कॉंग्रेस लाइ त पूरै माइनस गर्नु भएछ त दीपकजी “ रे ..अनि हिजो मात्रै अर्को एकजना ले लेख्नु भयो “तपाइ त ज्ञानेंनद्र शाहिहरू को लाइन मा पो हो कि क्या हो “ रे … कति हास्नु?
यो सबै पढेर मलाइ के लाग्यो भने हाम्रो मस्तिष्क कति सम्म राजनीतिक प्रदूषणले ग्रसित भैसकेछ हरेक कुरा राजनीतिक चश्मा ले मात्रै हेर्छौ हामि ….
.. म पनि एउटा दल संग आस्थाको हिसाबले नजिक छू तर त्यो निर्वाचनमा मात्रै प्रकट हुन्छ .. मात्रै निर्वाचनमा
त्यो मेरो बिचारलाइ मैले कहिलै पनि आफ्नो कर्ममा प्रतिबिम्बित हुन् दिएको छैन र भबिष्यमा पनि दिन्न …..चलचित्रको सन्देश पार्टीले जे निर्णय गरे पनि “हो मा हो नमिलाऔ “ गलत कुराको बिरोध गरौ “झोले नबनौ” .. जनताको पिडालाइ केन्द्रबिन्दु मा राखेर काम गरौ भन्ने नै हो यस्लाइ अन्यथा नबुझ्न आग्रह गर्द्छू
मेरो पृष्ठभूमि एक दलिय वा कुनै ब्यक्ति ले शासन गर्नु पर्छ भन्ने लाइनमा छंदै छैन र हुंदैन पनि
त्यसैले ग़लत बुझाइ लाइ मन बाट खारेज गरिदिनु हुन् हार्दिक आग्रह गर्दछू ……..जय नेपाली चलचित्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?