चिसोका कारण सर्लाहीमा पाँच वर्षीय बालकको मृत्यु

एसपी यादवसर्लाही पुस २६ । अत्याधिक चिसोले कठ्यांग्रिएर सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा एक बालकको ज्यान गएको छ ब्रम्हपुरी-६ नोकैल्वाका तेतर माझीका ५ वर्षीय छोरा होरिल माझीको बुधवार अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ । अत्यधिक चिसोका कारण न्यानो कपडाको अभावमा माझीको ज्यान गएको स्थानीय स्वास्थ्यकर्मी चन्द्रकिशोर साहले बताए चिसोले कठ्यांग्रिएर सिकिस्त बनेका माझीको उपचारको लागि चिकित्सक बोलाउन गएको र चिकित्सक आउँदा आउँदै बालकको ज्यान गएको स्थानीयवासीले जनाएका छन् सानो परालको झुप्रोमा बस्दै आएको माझीको चिसोकै कारण मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । चिसोले मृतकका आमा पनि बिरामी भएको र उनको उपचार भइरहेको स्वास्थ्यकर्मी साहले बताए लगातार बढदै गएको चिसोले गर्दा सबैभन्दा बढी विपन्न वर्गका बृद्ध र बालबालिका प्रभावित भएका छन् । चिसो हवासँगै गएराती देखिनै सर्लाहीमा शीतलहर भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?