किन माफी माग्यो ‘बादशाह जुट’ टिमले मुस्लिम समुदायसँग

काठमाडौं । नायक सुशिल श्रेष्ठद्वारा अभिनित चलचित्र ‘बादशाह जुट’को र नेपाल मुस्लिम संघको विवाद टुङ्गिएको छ । चलचित्र निर्माण पक्षले संघसँग माफी मागेपछि विवाद टुङ्गिएको हो ।

केही दिन अगाडी ‘बादशाह जुट’ को सार्वजनिक गरिएको ट्रेलरमा मुस्लिम समुदायलाई आँच पुर्याउने दृष्यहरु समावेश गरिएको भन्दै आपत्ति जनाउँदै मुस्लिम संघ, गण्डकी प्रदेश कार्यसमितिले एक विज्ञप्ती जारी गरेको थियो ।

उक्त ट्रेलरमा भएको जातिय विभेद, सामाजिक विभेद तथा जातिय हिंसा हुने जस्ता कुरा हटाउन नेपाल मुस्लिम संघले माग गरेको थियो ।

संघले विज्ञप्ती जारी गरेपछी चलचित्र निर्माण कम्पनी ‘एच एण्ड वि फिल्मस्’ले पनि विज्ञप्तीद्वारा माफी मागेर ट्रेलरमा उक्त दृश्यहरु सच्याउने सहमति भएपछी यी दुई बिचको विवाद टुंगिएको हो ।

यस चलचित्रका निर्माण पक्षले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ–‘ट्रेलरको ३ सेकेण्डदेखि बजेको अजानको आवाज र त्यसलगत्तै ८ सेकेण्डमा देखाइएको हात हतियारसँगै १३ सेकेण्डमा राखिएको आइ.एस.एसको आवाजले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा हामी समस्त निर्माणपक्ष क्षमाप्रार्थी छौं । यो चलचित्रको कथा वा दृश्यले नेपाल भित्र वा बाहिर रहेका कुनै पनि समुदाय, धर्म तथा संस्कृतिलाई कुनै किसिमको अपमान गर्न खोजेको छैन ।’

निर्देशक जोनी सिंह राणा र भोजराज श्रेष्ठ निर्माता रहेको यस चलचित्र कत्तिक १५ गते देखी देशभरको हलमा प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?