सडक दुघर्टना न्युनिकरणका लागि भएको प्रयास निष्प्रभावी

गगन अयडी कैलाली पुस २६ । प्रदेश नम्बर ७ मा सडक दुघर्टना न्युनिकरणका लागि ट्राफिक प्रहरीलगायत सम्बद्ध संघसंस्थाले विभिन्न प्रयास गर्दै आएको भएपनि खासै सुधार आउन भने सकेको छैन बढ्दो सवारी सधान, सा“घुरो सडक, सवारी चालकको लापर्वाहीलगायतका कारण सवारी दुर्घटनामा कमी आउन नसकेको हो । ट्राफिक प्रहरीको तथ्यांकले सवारी दुर्घटनाको संख्यामा केही कमी आएको देखिएपनि दुर्घटनामा ज्यान गुमाउनेको संख्या भने उल्लेख्य छ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार विगतमा भन्दा सवारी दर्घटनामा कही कमि आएपनि त्यसबाट ज्यान गुमाउनेको संख्यामा भने बृद्धि भएको छ चालु आर्थिक वर्षको ५ महिनामा भएका ८६ वटा सवारी दुर्घटनामा ६७ जनाले ज्यान गुमाएका छन् । गत वर्षको यहि अवघिमा ७७ सवारी दुर्घटना भएपनि वर्षभरी भने २ सय ५५ वटा सवारी दुर्घटनामा परे । जसमा परेर १ सय ३२ जना जान गुमाउन पुगे यसले तुलनात्मक रुपमा सवारी दुर्घटनाको संख्या घटेपनि ज्यान गुमाउनेको संख्या भने बढेको छ । सा“घुरो सडक, चालकको लापवाही, बढ्दो सवारी चापलगायतका कारण दुर्घटना न्युनिकरणमा चुनौति थपिदै गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अतरियाका प्रहरी निरीक्षक जयसिंह बिष्टले बताए विगत केही वर्ष यता अत्तरिया डडेल्धुरा सडकखण्डमा चल्ने सवारीहरुलाई टाइम कार्ड समेत दिदै आएको छ । यति हुदाह“ुदै पनि दुर्घटना न्युनीकरण हुन सकेको छैन साघुरो सडक पनि दुर्घटनाको प्रमुख कारण भएको दाबी ट्राफिक प्रहरीको छ । सवारी दुर्घटना न्युनिकरणका लागि अझै पनि थुप्रै प्रयासहरु भइरहेको ट्राफिक प्रहरी निरीक्षक बिष्टको भनाई छ सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले पनि आफ्नो तर्फबाट लागिरहेको छ । तर, सवारी दुर्घटनाका बेला मात्रै ट्राफिक व्यवस्थापनमा कडाई गर्ने र अरु बेला खासै ध्यान नदिने परिपाटी पनि छ । सा“घुरो सडक, चालकको लापर्वाही, बढ्दो सवारी चापलगायत दुर्घटनाको प्रमुख कारण भएकाले सम्बन्धित सरोकारवालालगायत यसतर्फ राज्यको ध्यान जान जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?