अर्थमन्त्री डा. खतिवडा अमेरिका प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मंगलबार अमेरिका प्रस्थान गर्नुभएको छ ।

नेपाल पनि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत दक्षिणपूर्व एशियाली मतदान समूहको सदस्य रहेको छ।

विश्व बैंक मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने सो समूहद्वारा आयोजित हुने संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडा सहभागी हुने कार्यक्रम छ रहेको छ ।

खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावना बारे विस्तृत छलफल गर्ने कार्यक्रम छ ।

विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा समेत उहाँ भागलिनुहुनेछ। नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उनले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमपनि रहेको छ ।

संघीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेका अनुभवको आदान प्रदान गर्ने कार्यक्रममा अर्थमन्त्री डा। खतिवडा सहभागी भइ कात्तिक ६ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?