अदालतको आदेशपछि मुस्कुराउँदै अनसन बस्न हिँडे केसी

काठमाडौं, २६ पुस– डाक्टर गोविन्द केसीलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि मुस्कुराउँदै अदालतबाट बाहिरिएका छन् । उनले सर्वोच्च अदालतको आदेश सकारात्मक भएको समेत प्रतिक्रिया दिएका छन् सर्वोच्च परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले अनसन भने भोलिसम्म जारी रहने बताए । उनी अनसन बस्न त्यहाँबाट सिधै त्रिवि शिक्षण अस्पताल र्गका थिए । यद्यपी भोलि अनसनबारे थप निर्णय लिइने केसीको भनाई छ । उनको संकेत अनुसार भोलि अनसन तोडिने छ बुधबार न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासले बुधवार केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडन आदेश दिएको थियो बयानका क्रममा डा केसीले आफू न्यायालयको स्वतन्त्रताको पक्षमा रहेको तर प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन हुनुपर्ने माग गरेका थिए केसीको माग बमोजिम अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ अदालतको अवहेलना अभियोगमा केसी सोमबार पक्राउ परेका थिए भने उनको पक्राउपछि समर्थकहरु सडकमा समेत ओर्लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?