‘मेरो शेयर सफ्टवेयर’ नयाँ फिचर सहित कार्यन्वयनमा

काठमाडौं । सोमबारदेखि सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले नयाँ फिचर सहितको मेरो शेयर सफ्टवेयर कार्यन्वयनमा ल्याएको छ।

यस किसिमको सफ्टवेयरमा भारित औषत लाभकर गणना विधि सहित अन्य फिचरहरु पनि थपेर कार्यन्वयनमा जान लागेको हो। मेरो शेयरमा सोमबारबाट भारित औसत लाभकर गणना विधि सहितका नयाँ फिचर्स थपिएको छ भने बेवसाईटको लुक्स पनि परिवर्तन भएको छ।

लगानीकर्ताले सफ्टवेयरबाट आफ्नो हितग्राही खातामा मौज्दात रहेको धितोपत्रको लागतको भारित औषत गणना गर्न र उक्त धितोपत्र बिक्री गरेमा सोको राफसाफ तथा फछ्र्यौट प्रयोजनका लागि इडीआईएस प्रविष्टि गर्न सकिने छ।

यसैगरि नयाँ प्रणालीमा बिक्री खुला भैरहेका सार्वजनिक निष्काशन, हकप्रद, र आवेदन दिन बाँकी समय, लगानीकर्ताले आवेदन दिएको सार्वजनिक निष्काशनको संख्या र बाँडफाँड भएको निष्काशनको संख्या पनि देख्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?