केसीलाई तारेखमा छाड्न आदेश , गोपाल पराजुलीको नागरिकता छानबिन हुने

काठमाडौँ, २६ पुस- सर्वोच्च अदालतले डा गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासले बुधवार केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडन आदेश दिएको हो यस्तै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता बारे पनि छानबिन हुनेछ बयानका क्रममा डा केसीले आफू न्यायालयको स्वतन्त्रताको पक्षमा रहेको तर प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन हुनुपर्ने माग गरेका थिए केसीको माग बमोजिम अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ अदालतको अवहेलना अभियोगमा केसी सोमबार पक्राउ परेका थिए भने उनको पक्राउपछि समर्थकहरु सडकमा समेत ओर्लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?