बढ्यो सुनको मुल्य, कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बृद्धि भएको छ । सोमबार छापावाला सुनको प्रतितोला मुल्य ७० हजार रहेकाे थियो । तर मंगलबार तोलामा ७ सयले बृद्धि भई प्रतितोला ७० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि सोमबारको तुलनामा ७ सयले बृद्धि भइ ७० हजार ४ सय कायम भइ कारोबार भईरहेको छ ।

साथै चाँदीको मुल्य सोमबारभन्दा १५ रुपैँयाले बृद्धि भएको छ । केहीदिन अघिबाट सोमबारसम्म स्थिर रहेको चाँदी तोलामा ८ सय ४५रूपैयाँमा  कारोबार भइरहेको थियो। भने मंगलबार मुल्य बृद्धि भइ ८ सय ६० कायम भई कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?