क्रिस्टियानो रोनाल्डोको ७ सय गोल पुरा

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार युरो छनोट अन्तर्गत युक्रेनविरुद्वको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका हुन् ।

३४ बर्षका रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । तर रोनाल्डोले ७ सय गोल पुरा गरेपनि पोर्चुगलले खेलमा जित हात पार्न सकेन । पोर्चुगल युक्रेनसँग २-१ गोलले पराजित भएको थियो ।

रोनाल्डोले आफ्नो ९ सय ७३ खेलमा सो गोल संख्या पुरा गरेका छन् । उनले पोर्चुगलका लागि ९५ औ गोल पुरा गरेका छन् ।

युक्रेनले पोर्चुगलविरुद्व जित निकाल्दै समुह ‘बी’ बाट युरो कपमा छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?