सिमेन्टको मुल्य बृद्धि हुनुमा यस्ता छन् कारण

काठमाडौँ, २६ पुस- नेपाल सिमेन्ट उत्पादक संघले विगत केहि दिनयता सिमेन्टको मुल्यवृद्धि भएको भन्दै केहि सञ्चार माध्यमहरुमा प्रकाशीत समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ संघले एक वक्तव्य जवारी गर्दै सिमेन्टमा मुल्यवृद्धि हुनुमा विगत एक महिना अघिवाट भारतीय नाका हुँदै आउने सिमेन्टको कच्चा पदार्थ क्लिङ्कर लगायतको कच्चा पदार्थ आयातमा अवरोध भएको र अन्य समसामयिक कारणहरुले गर्दा समेत उत्पादन लागत वृद्धि हुन गई विगत केहि हप्ता देखी वजारमा सिमेन्टको मुल्यमा वृद्धि गर्नुपरेको जनाएको छ संघले सिमेन्टको मुल्य वृद्धि हुनुमा यस्ता कारण देखाएको छ (क) भारतवाट आयात गरिएको क्लिङ्करमा अत्याधिक मात्रामा वृद्धि भएको (ख) भारतको मध्य प्रदेशवाट ट्रकमा क्लिङ्कर, फ्लाई आस र जिप्सम् ढुवानी गर्दा भाडा वृद्धि हुन गएको र ट्रकको अभावले अझ वृद्धि हुदै गरेको (ग) डिजेल को मूल्यमा रु. ५  प्रति लिटर वढेको (घ) कोइलाको मूल्य ७६ अमेरिकी डलर प्रति टन रहेकोमा हाल वृद्धि भै ११८ अमेरिकी डलर सम्म पुगेको (ङ) भारतमा क्लिङ्करमा भएको मुल्य वृद्धि र सिमा क्षेत्र रक्सौलमा क्लिङ्कर अनलोडमा भईरहेको विवादका कारण पर्याप्त मात्रामा कच्चा पदार्थको अभावमा पुर्ण क्षमतामा उद्योग संचालन हुन नसक्दा उत्पादन लागत वढन गई मुल्य वृद्धि हुन गएको व्यहोरा जानकारी गराउदछौं (च) भारतमा क्लिङ्कर उत्पादनमा एभ्त् ऋइप्भ् को प्रतिवन्ध लगाईएको र कोईलावाट उत्पादन गर्दा लागत मुल्य वृद्धि भएकोले भारतिय उद्योगले क्लिङ्करको मुल्य वढाईएको, भारतिय रेल्वेवाट आयात हुने क्लिङ्करको आयात रोकिएको तथा अन्तराष्ट्रिय वजारमा कोईलाको मुल्य प्रति मे. टन यु.एस.डलर ७५ वाट करीव ५० प्रतिशतले वृद्धि भई प्रति मे.टन यु.एस.डलर ११० पुगेको तथा कलकत्ता वाट नेपालसम्मको ढुवानी लागत समेत वढन गएको छ (छ) भारतवाट कच्चा पदार्थ लिई आउने ट्रकहरु भारतर्फको झण्डै २४/२५ कि.मि. सम्म ट्रकको लाईन लाग्दा डिटेन्शन चार्ज वढन् गई उत्पादन लागतमा वृद्धि हुन गएको जानकारी गराउदछौं (ज) ट्रक समितिहरुको अबैध आलोपालो प्रथा र हालै प्रेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिका कारण ढुवानी भाडा अत्याधिक वढन गई उपभोक्ता मुल्यमा वृद्धि हुन गएको (झ) हाल भारतवाट ट्रकमा आयात हुने कच्चा पदार्थ क्लिङ्कर, जिप्सन, स्लाग, कोईला जस्ता औद्योगिक कच्चा पदार्थहरुलाई उद्योग रहेको स्थान सम्म निर्वाध रुपमा आयात गर्दा ओभरलोड निषेधित गरेका कारण पनि मुल्य वृद्धि भएकोे हो (ञ) पछिल्लो पटक उद्योग क्षेत्रमा घोषित रुपमा लगातार ६ घण्टा सम्म विद्युत कटौति हुने र अघोषित रुपमा थप १–२ घण्टा विद्युत आपुर्तिमा कमि हुन गई वैकल्पिक रुपमा ईन्धनको प्रयोग गर्दा मुल्य लागत वढन गएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?