१३ चैत्र २०७९, सोमवार

मधेशमा कांग्रेस पहिलो शक्ति : नेता केसी

२०७४,भाद्र,२८,बुधबार ०९:३४

0
Shares

बारा, २८ भदौ ।नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री अर्जुननरसिंह केसिले मधेशमा नेपाली कांग्रेस पहिलो शक्ति हुने दाबी गरेका छन । प्रदेश नं.२ को चुनवि आमसभा र घरदैलो कार्यक्रम अन्तर्गत केहिदिन देखि दुई नम्बर प्रदेशमा रहेका नेता केसिले बारा जिल्ला स्थित सिम्रनगढ नगरपालिकामा आयोजित घरदैलो पछिको आमसभामा बोल्दै मधेशको समस्या कांग्रेसले मात्र समाधान गर्न सक्ने बताए ।हिमाल पहाड तराई सम्पूर्ण नेपालीको सदियौ देखि एकता रहेको र केहि कम्युनिस्ट र जाति तथा तथाकथित राष्ट्र वादको नारा दिएर राजनिति गर्ने स्वार्थिको जमातले भ्रमको खेति गरेको आरोप लगाउदै उक्त भ्रमको जालो चिर्न यो प्रदेश मा काङ्ग्रेसको जितको आबश्यक रहेको नेता केसीको भनाई थियो ।हनुमाननगर थाना काण्ड,२००३ सालको बिराटनगर मजदुर आन्दोलन,२००५ को धरोखर पोखरि काण्ड,२००७सालको आन्दोलन बिरगंज बाट सुरु भएर नेपालगन्जमा अन्त्य भएकोले तराईमा बस्ने सम्पूर्ण जनता यो मुलुक लोकतान्त्रिक शक्ति भएको र मधेसको समस्या समाधान गर्ने सामथ्र्य काङ्ग्रेस सग मात्रै रहेकोेले मधेशका जनताको पहिलो रोजाई नेपाली कांग्रेस हुने र प्रदेश न २ मा नेपाली काङ्ग्रेस नै पहिलो दल हुने दाबी गरे ।कार्यक्रममा सांसद जगदिश्वर नरसिंह केसि,राम अयोधि यादव लगायतले सम्बोधन गरेका थिए ।  

प्रकाशित मिति: २०७४,भाद्र,२८,बुधबार ०९:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मधेश प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश

काठमाडौं । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६