ओपोका स्मार्टफोन बजारमा, यस्ता छन् विशेषता र मुल्य

काठमाडौं । पछिल्लो समय ओपोले नेपाली बजारमा आफ्नो प्रस्तुती आकर्षक बनाएको छ । आफ्ना ग्राहकहरुले माग गरे अनुसारका माेवाइल बजारमा ल्याएको कारण नै छोटो समयमा नै राम्रो व्यापार गर्न सफल भएको छ ।

नेपाली बजारमा अहिले ग्राहकले करिब १७ हजार देखी ९० हजार रुपैयाँसम्मको फोन रहेकाे कम्पनीले जनाएको छ ।

साथै ए७, ए५ २०२०, ए९ २०२० तथा एफ११ आदी स्मार्ट फोनहरु २० देखी ४० हजारसम्म बजारमा उपलब्ध भएको पनि कम्पनीले जनाएको छ । ओप्पोले बजारमा ल्याएको यी सबै स्मार्ट फोनमा नयाँ प्रविधी जडान गरिएको पनि कम्पनीले जनाएको छ ।

यस्तो छ ती फोनको विशेषता र मुल्य :

ए७

वाटर ड्रक स्क्रिन प्रयोग गरिएको ओपो ए७ मा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ। साथै अनुहारको माध्यमबाट फोन अनलक गर्न सकिने प्रवीधि रहेको छ। सिम राख्नका लागि दुईवटा स्लट जडान गरिएको छ।

डिस्प्लेः ६.२ इञ्च फुल एचडी

फ्रन्ट क्यामराः १६ मेगापिक्सल

ब्याक क्यामराः १३ प्लस २ मेगापिक्सल

स्टोरेजः ६४ जिबी र ३/४ जिबी

ब्याट्रीः ४ हजार २ सय ३० एमएएच

मूल्यः २४ हजार ९ सय ९०

 

 

 

 

 

 

 

 

 

ए५ २०२०

ओपो ए५ २०२० पनि फोनमा वाटर ड्रप स्क्रिन प्रयोग गरिएको छ। साथै सिम राख्नका लागि दुईवटा स्लट जडान गरिएको छ। भने २.० गिगाहर्जको अक्टाकोर र ६६५ को स्न्यापड्रयागन प्रोसेसर रहेको छ।

रियर क्यामराः १२ प्लस ८ प्लस २ प्लस २ मेगापिक्सेल

ब्याट्रीः ५ हजार एमएएच

डिस्प्लेः ६.५ इञ्च फुल एचडी

स्टोरेजः १२८ / ४ जिबी

फ्रन्ट क्यामराः ८ मेगापिक्सेल

मूल्यः २७ हजार ९ सय ९०

 

 

ए९ २०२०

यो फोनमा वाटर ड्रप स्क्रिन प्रयोग गरिएको छ। २.० गिगाहर्जको अक्टाकोर र ६६५ को स्न्यापड्रयागन प्रोसेसर रहेको छ। अनुहारको माध्यमबाट फोन अनलक गर्न सकिने छ। सिम राख्नका लागि दुईवटा स्लट जडान गरिएको छ।

ब्याट्रीः ५ हजार एमएएच

फ्रन्ट क्यामराः १६ मेगापिक्सेल

डिस्प्लेः ६.५ इञ्च फुल एचडी

स्टोरेजः १२८/८ जिबी

रियर क्यामराः १२ प्लस ८ प्लस २ प्लस २ मेगापिक्सेल

मूल्यः ३५ हजार ९ सय ९०

 

एफ११

ओप्पोको एफ११ मा फोनमा वाटर ड्रप स्क्रिन प्रयोग गरिएको छ। २.१ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ। अनुहारको माध्यमबाट फोन अनलक गर्न सकिने छ। सिम राख्नका लागि दुईवटा स्लट जडान गरिएको छ। ६.५ इञ्च डिस्प्ले रहेको यो फोनमा फुल एचडी क्वलीटि रहेको छ ।

स्टोरेजः १२८/४ जिबी

फ्रन्ट क्यामराः १६ मेगापिक्सेल

रियर क्यामराः ४८ प्लस ५ मेगापिक्सेल

मूल्यः ३१ हजार ९ सय ९०

ब्याट्रीः ४ हजार २० एमएएच

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?