सिटिजन्स बैंकले धादिङमा पैसा बाँड्यो

धादिङ– ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गर्दै ग्राहकवर्गको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा नगद वितरण (क्यास क्याम्प) कार्यक्रमको आयोजना गरेको छ विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर हिलको सहकार्यमा पुस १३ देखि २० गते सम्म उक्त कार्यक्रम संचालन गरिएको हो । सो कार्यक्रममा विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत’ कामका लागि नगद वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो बिकट मानिने गाउँहरुमा पनि बैंक जनताको घर दैलोमा पुगेर बैंकिंग सेवा प्रबाह गर्दा स्थानीयले खुशी व्यक्त गरेका छन् । कार्यक्रम अन्र्तगत २हजार ७ सय ७२ परिवारलाई रु ३४,३०४,०००.०० वितरण गरिएको थियो बैंकले देखाएको यस्तो अग्रसरताले स्थानीय विकास निर्माणका काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?